अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँग शुक्रबार प्रतिस्पर्धा गर्दै २१ औँ विश्वकपको सुरुवात गर्दैछ । त्यसपछि क्रोयोसिया र नाइजेरियासँग उसको भिडन्त हुनेछ ।
सन् २०१४ को विश्वकपमा लियोनल मेसीले अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए । फाइनलमा उनको टोली जर्मनीसँग १–० गोलअन्तरले पराजित भएको थियो ।
यस पटकको विश्वकपमा पनि मेसीको आश गर्दै अर्जेन्टिनालाई उपाधि दाबेदार राष्ट्रका रुपमा लिइएको छ । मेसीले भने आफूहरुको उपाधिमा पाँच टोली मुख्य बाधक रहेको बताएका छन् ।
स्पोर्टस म्यागेजिनलाई दिएको प्रतिक्रिया अनुसार ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र बेल्जियमलाई उनले आफ्नो उपाधि यात्राका बाधक टोलीका रुपमा लिएका छन् ।
‘उनीहरु आत्मविश्वासी टोली भएको र व्यक्तिगत रुपमा पनि राम्रा खेलाडी भएका टोली हुन,’ मेसीले भनेका छन, ‘तर अर्जे्न्टिना पनि कम छैन । हामीसँग राम्रा र अनुभवी खेलाडीहरु छन ।’