एसिया कप छनोटमा सहभागी हुन् गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार नेपाल फर्कने भएको छ। टोली मध्यान्ह १२: १५ बजे मालिन्दो एयरबाट काठमाडौं आई पुग्ने छ ।
मलेसियामा भएको प्रतियोगितामा नेपाल उपाधि दाबेदार रहेको थियो। तर खराव प्रदर्शन गर्दै नेपाल फाइनल मै पुग्न सकेन ।
नेपाली क्रिकेट टिम मलेसिया पुग्नु भन्दा अगाडि श्रीलंकामा प्रशिक्षण गरेको थियो । श्रीलंकामा भएको अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि मलेशियामा भने नेपालले अपेक्षा गरिएअनुसार प्रदर्शन गर्न सकेन । नेपालले कमजोर मानिएका सिंगापुर र मलेशियासंग मात्र जित निकाल्न सक्यो । ओमान, हंगकंग र युएई संग भने नेपाल पराजित हुन् पुग्यो ।
वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा आवद्ध सन्दीप लामछाने पनि काठमाडौं आउने छ। सन्दिप लिगको बीचमै एसिया कप छनौट खेल्न आएका थिए । सन्दिप आबद्द टोली लिगको प्लेअफमा पुगेको छ । तर सन्दिप आवद्द टोलीले उनको स्थानमा अर्को खेलाडी आवद्द गराएकोले सन्दिप नेपाल नै आउँन लागेका हुन् ।
नेपालले अब आगामी अक्टोबरमा टि २० बिश्वकप छनौट खेल्ने छ ।