अमेरिकामा भएको च्यारिटी क्रिकेटमा नेपाली टोली गोर्खाली राइनोज पराजित भएको छ । आज भएको खेलमा गोर्खाली राइनोज पञ्जाव लाइन्ससँग १७ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिंग गरेको पञ्जाव लाइन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ७८ रन जोड्यो ।
१ सय ७९ रनको लक्ष्य लिएर मैदान उत्रेको गोर्खाली राइनोज निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६१ रनमा समेटियो । गोर्खाली राइनोजको लागि कप्तान पारस खड्काले सर्बाधिक ६१ रन जोडे भने सुबाष खकुरेलले ५५ रन जोडे । शरद भेषवाकरले १२ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न नसक्दा नेपाली टोलीले हार बेहोरेको हो ।
च्यारिटी खेल नेपाली सोसाइटी फर टेक्सस अमेरिकाको आयोजनामा भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ८ खेलाडी यति बेला टु टेन क्रिकेट युएस कप खेल्न अमेरिकामा छन् । प्रतियोगिताका लागि कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी, सिद्धान्त लोहनीले अमेरिकामा छन् । उनीहरुले नेपाली राइनोज क्रिकेट क्लबबाट टु टेन क्रिकेट युएस कप खेल्नेछन् ।
टोलीमा बाँकी खेलाडी भनेअमेरिका बस्दै आएका नेपाली खेलाडी रहनेछन् । प्रतियोगिता नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुनेछ ।
यो पनि : कसरी खेलिन्छ टु टेन क्रिकेट ?