रोहितकुमार पौडेललाई ‘उदीयमान खेलाडी’ अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 02:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

रोहितकुमार पौडेलले वर्षको उदीयमान खेलाडीे अवार्ड  हात पारेका छन् । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ अन्तर्गत उदीयमान खेलाडीे अवार्ड पौडेलले जितेका हुन् । उदीयमान खेलाडीतर्फको मनोनयनमा परेका अभिनास बोहरा, कविता कुँवर, ललित नारायण राजबंशी र सन्दीप जोरालाई पछि पार्दै उनले अवार्ड हात पारेका हुन् ।

रोहितले उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड सहित नगद ६६ हजार रुपैयाँ हात पारे । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रोहितले कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । यूएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा ५५ रन बनाएका रोहितले पाकिस्तानका शहिद अफ्रिदी र भारतका सचिन तेन्दुलकरको कीर्तिमान समेत ताडेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved