रियल म्याड्रिडको लज्जास्पद हार, च्याम्पियन्स लिगबाट बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 09:09:11 AM मा प्रकाशित

laxmi  sunrise bank

रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा आयाक्ससँग चार–एकको हार ब्यहोरेपछि टोली बाहिरिएको हो। पहिलो लेगमा घरेलु मैदानमा दुई एकले हारेको आयाक्सले रियलको मैदानमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा पाँच–तीन गोलअन्तरले पराजित भयो ।  

रियल प्रतियोगिताको सबै भन्दा सफल टोली हो । उसले १३ पटकको च्याम्पियन लिगको उपाधि जिती सकेको छ ।   उता आयाक्स भने २२ वर्षपछि लिगको नकआउट चरणमा पुगेको हो । खेलको सातौँ मिनेटमा नै जेइचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाए  । त्यसपछि १८ औं मिनेटमा डेवीड निकीसले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको रियलविरुद्ध आयाक्सले ६२औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि डुसान टाडीकले गोल गरे । ७० औं मिनेटमा मार्को एसेन्सीयो गोल गर्दै रियलको आशा जनाएका थिए । तर त्यसको दुई मिेनटपछि नै आयाक्सका सोनीले गोल गर्दै खेलमा चार एकको जित दिलाए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved