मेस्सीले जिते पीचीची अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 11:28:28 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गरेका छन् । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५० गोल गरेका छन् ।

सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् । मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट गरेका छन् ।

यता, सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरेका छन् । तेस्रो स्थानका रियलका बेन्जिमाले पनि २१ नै गोल गरेका छन् । सेल्टा भिगोका लगो आसपासले २० गोल गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved