ब्राजिलले नेमारलाई कप्तानबाट हटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 12:22:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलले आफ्ना नियमित कप्तान नेमारलाई हटाएको छ । घरेलु मैदानमा ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु हुन दुई हप्ता मात्रै बाँकी रहँदा ब्राजिलले डिफेण्डर डानी अल्भेजईलाई नयाँ कप्तान चयन गरेको हो । ब्राजिलियन फुटबल संघले डानिएल अल्भेजले कतार र होण्डुरोस विरुद्धको मैत्रीपूर्ण खेल र कोपा अमेरिकामा ब्राजिलको कप्तानी गर्ने जनाएको छ । 

अल्भेजले पछिल्लो पटक सन् २०१८ मार्चमा जर्मनी विरुद्ध ब्राजिलको कप्तानी सम्हालेका थिए ।

रसियामा गत वर्ष भएको विश्वकपको केही महिनापछि प्रशिक्षक टिटेले नेमारलाई स्थायी कप्तान चयन गरेका थिए । रसिया विश्वकपमा ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । यस पटक नेमारलाई हटाउँदै फ्रेन्च लिगमा उनीसँगै खेल्ने ३६ वर्षीय अल्भेजलाई कप्तान चयन गरिएको हो ।

कोपा अमेरिका २०१९ आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजलिमै आयोजना हुँदैछ । आठ पटकको च्याम्पियन ब्राजिलले सन् २००७ यता उपाधि जित्न सकेको छैन । यस पटक समुह ए मा रहेको ब्राजिलले जुन १४ मा बोलियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा ब्राजिल र बोलियासँगै पेरु र भेनेजुएला छन् ।

यस्तै समूह बी मा अर्जेन्टिना पाराग्वे, कोलोम्बिया र कतार छन् भने समूह सी मा उरुग्वे, इक्वेडर, चिली र जापान छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved