धुर्मुसले बनाउँदै गरेको रङ्गाशालाको बार भत्काउने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 10:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

 भरतपुराको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार भनिएको प्रकाश कँडेललाई प्रहरीले नियन्त्रमा लिएको छ । कँडेलसँगै घटनामा संलग्न रहेका अन्य १६ जनलाई पनि नियन्त्रमा लिएको चितवन प्रहरीले जनाएको छ । कँडेलसहीतको टालीलाई प्रहरीले गएराति नियन्त्रमा लिएको तितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताएका छन् ।  

रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार डोजर लगाएर भत्काएको थियो । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सितारम कट्लेल बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved