च्याम्पियन्स लिगको फाइनलमा पोर्नको प्रचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 08:34:32 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग फुटबलको लिभरपुलले उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २–० गोल अन्तरले हराउदै लिभरपुलले उपाधि जितेको हो । योसँगै लिभरपुलले छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

यो खेल भईरहंदा अचानक एक अर्थ नग्न  युवती मैदान प्रवेश गरिन  । स्विम सुट लगाएर मैदान प्रवेश गरेकी ति मोडल रसियन मोडल किन्से ओलन्स्की भएको बुझिएको छ  । उनले लगाएको स्विम सुटमा Vitaly Uncensored लेखिएको थियो । यो प्र्यांक सम्बन्धि पोर्न वेबसाइट हो । उनी त्यहि वेबसाइटको प्रचार गर्न मैदान प्रवेश गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उनको इन्स्टाग्राममा ३ लाख बढी फलोवर छन् । 

उनले प्रचार गरेको वेबसाइट भने उनको केटा साथी जोडोरभेस्कीको हो ।  जोडोरभेस्की सन् २०१४ को विश्वकप फाइनलमा यसै गरी मैदान प्रवेश गरेका थिए । त्यसयता  उनलाई ठुला प्रतियोगितामा प्रवेश गर्न रोक लगाईएको छ । किन्से ओलन्स्की आफ्नो वेबसाइटको प्रचार गर्न मैदान छिरेपछि जोडोरभेस्कीले ट्वीटरमा लेखेका छन् 'म तिमिलाई बिहे गर्न पर्खन सक्दिन्न' ।

ति युवतीको यस्तो हर्कतको कारण खेल केहि समय रोकिएको थियो । उनलाई प्रहरीले मैदान बाहिर लगेपछि खेल पुन सुरु भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved