प्रधानमन्त्री कपमा प्रदेश ३ सेमिफाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 02:24:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा सूदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको कप्तानिमा रहेको प्रदेश ३ ले सेमिफाइनलमा स्थान बनाएको हो । 

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सूदुरपश्चिम प्रदेशले दिएको १ सय ५५ रनको लक्ष्य प्रदेश ३ ले ३२ ओभर २ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । प्रदेश ३ का लागि इशान पाण्डेले ८४ बलमा ६ चौकाको सहयोगमा ५३ रन बनाए । आदिल खानले ३३ रन जोड्दा कप्तान पारस खड्का २६, रविन जोशी १३, जितेन्द्र ठकुरी १२ र रित गौतमले ११ रनको योगदान गरे ।

सूदुरपश्चिम प्रदेशका महेश अधिकारी, विनोद लामा, शेर मल्ल र विकाश अगरीले समान एक एक विकेट लिए ।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सूदुरपश्चिम प्रदेशले ४५ ओभर १ बलमा १ सय ५४ रन बनाउँदै आउट भएको थियो । सूदुरपश्चिम प्रदेशका लागि खड्का बोहोराले  ४० रन, रोशन अधिकारीले २७ रन, नरेश बोहोराले २६ र कप्तान शेर मल्लले १४ रन जोडे ।

प्रदेश ३ का सुर्य तामाङले सर्वाधिक तीन विकेट लिए । त्यस्तै प्रतिस जिसी र जितेन्द्र ठकुरीले समान दुई–दुई विकेट लिदा नन्दन यादव र कप्तान पारस खड्काले समान एक एक विकेट लिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved