बार्सिलोनाको नयाँ जर्सीले रिसाए समर्थक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 02:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजन २०१९/२० का लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ । बार्साको नयाँ जर्सी क्याटलानका आर्किटेक्ट डिजाइनर एन्टी गौडीले तयार पारेका हुन् । 

नयाँ सिजनका लागि नयाँ जर्सी कप्तान लिओनल मेस्सी, जेरार्ड पिकेलगायत प्रमुख खेलाडीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका थिए । नयाँ जर्सीमा नीलो र रातो रङको संयोजनमा तयार पारिएको छ । यो बार्सिलोनाको पारम्परिक रङ झल्किने खालको छ ।




बार्सिलोनाले नयाँ जर्सी सार्वजनिक गरेसँगै विश्वभरका फ्यानहरूले भने चर्को आलोचना गरेका छन् । उनीहरूले नयाँ जर्सी परम्परागतभन्दा फरक र त्योभन्दा पनि बढी क्रोएसियाको राष्ट्रिय टिमको जर्सीबाट प्रेरित भएर बनाएको भन्दै चर्को आलोचना गरेका छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved