विश्वकप छनौट खेलका लागि नेपाली टिम घोषणा, भरत खवासको 'कमब्याक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 02:53:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा हुने फिफा विश्वकप छनोट अन्तगर्त कुवेतविरुद्धको खेलका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक जोहान कालिनले चार दिनपछि हुने कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन् ।

घोषित टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, देबेन्द्र तामाङ, अन्नत तामाङ, समुन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी र रन्जीत धिमाल छन् । 

मिडफिल्डमा सुनिल बल, अन्जन विष्ट, विक्रम लामा, रविशंकर पासवान, मिक्चेन तामाङ, रोहिच चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज तामाङ छन् । फर्वाडमा 'कम ब्याक' भएका भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्तिमगर र अभिशेक रिजाल छन् ।  खेल मंसिर ३ गते भुटानमा हुँदैछ । घरेलु मैदानमा हुने खेल एकमात्र दशरथ रंगशाला निमार्णका क्रममा रहेकाले भुटानमा सारिएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved