नेपालमा हुने सागको मिडिया अधिकार भारतीय कम्पनीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 02:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंसिर १५ बाट नेपालका विभिन्न स्थानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को मिडिया अधिकार भारतीय कम्पनीले पाएको छ । भारतको एन के मिडिया भेन्चर प्रा.लि.ले मिडिया अधिकार किनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनके मिडिया भेन्चरबीच आइतबार सम्झौता भएको छ । राखेपले ८ करोड रूपैयाँमा सम्झौता भएको जनाएको छ । सम्झौताअनुसार एन केले २७ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । विज्ञापन बापतको रकम पनि नेपालले पाउने जनाईएको छ ।

सागलाई अन्तराष्ट्रिय स्तर प्रचार गर्ने जिम्मा भने फिस्कल एजेन्टले पाएको छ । 

७ देशका खेलाडीहरुले २७ खेलमा प्रतिस्पर्धा गर्ने प्रतियोगीता काठमाडौं, पोखरा र जनकपुरमा हुँदै छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved