१३ औँ सागको उद्घाटन राष्ट्रपतिले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 12:52:58 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मंसिर १५ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । सागको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

काठमाडौंस्थित दशरथ रंगाशालामा हुने प्रतियोगिताको मंसिर १५ गते साँझ उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने भएकी हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनेछन् । सागका विभिन्न खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुँदैछ । १० दिनसम्म चल्ने प्रतियोगीतामा ७ देशका ३ हजार खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । 

सन् १९८४ मा नेपालबाटै सुरु भएको साग १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । दोस्रो पटक नेपालले सन् १९९९ मा साग आयोजना गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved