विमलसहित ३ खेलाडीले ‘साग’ गुमाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 10:35:22 AM मा प्रकाशित

laxmi  sunrise bank

कारबाहीमा परेका फुटबलर विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु मैदानमा हुने दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनौट अन्तर्गत कुवेत विरुद्धको खेलको पूर्वसन्ध्यामा कारबाही गरेका यी तीन खेलाडीले दुई दशकपछि नेपालमा हुन लागेको १३औं साग पनि गुमाउने भएका हुन् ।

कुवेतविरुद्धको खेलका लागि भुटान उड्नु अघिल्लो दिन नाइट क्लबमा भेटिएपछि एन्फाले उनीहरुलाई अनुशासनको कारबाही गरेको थियो । कारबाहीलाई एन्फाले निरन्तरता दिएपछि उनीहरुले साग गुमाउने भएका हुन् । 

साग टिमका प्रशिक्षक वालगोपाल महर्जनले तीन खेलाडीले नखेल्ने पुष्टि गरेका छन् । उनका अनुसार उनीहरुको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनले स्थान पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved