भारत र पाकिस्तानले सागको फुटबल नखेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 03:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भारतले भाग नलिने भएको छ । इन्डियन ओलम्पिक एसोशिएसन (आईओए)ले काठमाडौंमा हुने पुरुष फुटबलमा सहभागी नहुने जानकारी गराएको हो । 

भारतले सागमा अहिलेसम्म खेलेका १२ संस्करणमध्ये ३ मा स्वर्ण जितेको छ । नेपाली टोलीका पूर्व खेलाडी तथा राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक राजुकाजी शाक्य विश्वकपमा ब्राजिल, अर्जेन्टिना र जर्मनी नखेल्नु र सागमा भारत नखेल्नु एउटै हुने बताउँछन् । 

यो संस्करणमा भारत सहभागी नहुने भएपछि नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्नै पर्ने दबाव रहनेछ । सागमा चार स्वर्ण जितेको पाकिस्तानको फुटबल टिमले शुरुमै साग नखेल्ने बताइसकेको थियो । भारत र पाकिस्तान सागमा सहभागी नहुँदा नेपाललाई फुटबलमा स्वर्ण जित्ने अवसर जुरेको पूर्व खेलाडीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved