सागमा पदक विजेता खेलाडीले पाउने पुरस्कार राशी बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 05:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले पाउँदै आएको पुरस्कार राशीमा वृद्धि गर्ने भएको छ । मंगलबार काठमाडौंमा सागमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पुरस्कार रकम वृद्धि हुने जानकारी दिएका हुन् । 

अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदबाट पारित नभई यति रकम वृद्धि हुन्छ भनेर यकिन गर्न नसकिएपनि खेलकुद मन्त्रालयले प्रस्ताव गरेमा उल्लेख्य रकम वृद्धि हुने बताए । यस अघि सरकारले १२ औं सागमा स्वर्ण विजेतालाई ३ लाख पुरस्कार दिएको थियो । रजत विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख दिएको थियो । 

अर्थमन्त्री खतिवडाले नेपालमा आयोजना हुने १३ औं सागलाई सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्व अभ्यासको रुपमा लिएको समेत बताए । 

मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने सागमा नेपालका ५९३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालले सागमा समावेश सबै २८ खेलमा प्रतिस्पर्धा गर्दैछ । यसअघि सन् १९९९ मा काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद आयोजना हुदा नेपालले ३१ स्वर्ण पदकका साथ दोस्रो स्थान हासिल गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved