नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । प्लान अन परफेक्सनले आयोजना गरेको उक्त प्रतियोगीता बालुवाटारस्थित ढुकु फुटसल हबमा आगामी बुधबार र बिहीबार हुने भएको हो।
प्रतियोगितामा देशभरका ३२ वटा कलेजहरुको सहभागिता रहने कम्पनीले जनाएको छ । प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ र प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छन ।
आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तिमा ३ खेल खेल्नेछन् ।
उक्त प्रतियोगिताको विजेताले नगद ५० हजार रुपयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै उपविजेताले २० हजार रुपयाँसहित रुपयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् भने तेस्रो हुनेले १० हजार रुपयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ ।