क्रिस गेलले नेपालीलाई भने 'गेल स्टोर्म' को लागि तयार रहनु (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 04:20:30 PM मा प्रकाशित

laxmi  sunrise bank

वेष्ट इन्डिजका अलराउण्डर क्रिस गेलले नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) खेल्ने पक्का भएको छ । विश्व क्रिकेटका उत्कृष्ट खेलाडी गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने पक्का भएको हो । 

पोखराले मार्की खेलाडीका रुपमा गेललाई भित्र्याउन लागेको हो । गेल युनिर्भसल बोसका उपनामले समेत चिनिन्छन् । उनले पोखराबाट समुहका दुइ खेल खेल्ने छन् ।४० वर्षीय गेलले वेष्ट इन्डिजबाट ५८ टि–ट्वान्टी खेलेका छन् । तीन सय बढी एकदिवसीय अन्तराष्ट्रिय खेलका उनले १०३ टेष्ट क्रिकेट खेलेका छन् । 

नेपाल आउने भएपछि क्रिस गेलले 'गेल स्टोर्म' को लागि तयार रहन भनेका छन् । खेलको क्रममा उनले धेरै चौका र छक्का प्रहार गर्ने भएकोले त्यसलाई क्रिकेट जगतमा ' 'गेल स्टोर्म' भनेर चिनिन्छ । 

हेर्नुस गेलको भिडियो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved