ओमानले नेपाललाई दियो १९८ रनको लक्ष्य, हेर्नुस कसको प्रदर्शन कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 12:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिंग गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएको हो  । ओमानको लागि मोहम्मद नदीमले सर्बाधिक नट आउट ६९ रन जोडे  । 

नेपालको लागि डेब्यु गरेका सुशन भारीले १० ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए  । त्यस्तै करण केसीले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए  ।  

हेर्नुस ओमानको ब्याटिंग प्रदर्शन र नेपालको बलिंग प्रदर्शन : 



यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।

त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारेको छ । त्यस्तै स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

समान आठ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने सात अङ्क रहेको युएई पाचौ र अङ्कविहीन रहेको पपुवा न्युगिनी छैठौ स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved