डेब्यू खेलमै कुशलको विश्व कीर्तिमानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2020 | 12:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका अल राउन्डर कुशल मल्लले डेब्यु खेलमानै विश्व र्कीतिमानी कायम गरेका छन् । नेपालकै खेलाडी रोहित कुमार पौडेलको नाममा रहेको एकदिवसीय क्रिकेटमा सबैभन्दा सानो उमेरमा अर्धशतक बनाउने रेकर्ड मल्लले तोडेका हुन् ।

उनले आज भएको अमेरिकाविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका हुन् । १५ वर्ष ३४० दिनमा उनले नयाँ रेकर्ड कायम गरेका हुन् । ४९ बल खेलेका कुशलले ४ चौका र ३ छक्काको सहयोगमा रन पूरा गरेका हुन् ।

यसअघि नेपालका रोहित कुमार पौडेलले १६ वर्ष १४६ दिनमा यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड बनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved