अमेरिकाविरुद्द नेपाल ३५ रनले विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2020 | 05:09:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरीजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित दर्ता गरेको हो । 

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भए । पूर्व कप्तान पारस खड्का १९ रनमा आउट भएको खेलमा आरिफ शेख २ रनमा पभेलियन फर्किए । अलराउण्डर कुशल मल्लले ५१ बलमा ५० रन बनाएर नयाँ रेकर्ड कायम गरे । तीन छक्का र चार चौका हिर्काएका उनले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन् । विनोद भण्डारीले ७९ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ५९ रन बनाए । करन केसी १२ र सुशन भारीले ११ रन बनाए । 

बलिङतर्फ करण केसीले चार विकेट लिए भने सुशन भारी तीन विकेट लिए । सन्दीप लामिछाने दुई विकेट लिँदा कुशल मल्लले एक विकेट लिए । 

बुधबार भएको खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपालले पहिलो जित दर्ता गराएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved