
च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाले विजयी सुरुवात गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार समुहचरण अन्तर्गतका ८ खेल भएका छन् ।
जसमा युभेन्टसले डाईनामो किभलाई २-० गोल अन्तरले, क्लब बर्गले जेनितलाई २-१ गोल अन्तरले, म्यानचेस्टर युनाइटेडले पिएस्जीलाई २-१ गोल अन्तरले, लेइपजिगले इतान्बुल बसाकेशिरलाई २-० गोल अन्तरले, बार्सिलोनाले फेरेनकभारोसलाई ५-१ गोल अन्तरले, र लाजियोले बोरेसिया डर्टमथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सी र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् भने रेनिस र क्रासनोदरले १-१ को बराबरी खेलेका छन् ।
प्रतियोगिता अन्तर्गत आज पनि ८ खेल हुने छन् । आज हुने खेल मध्ये रियल म्याड्रिड र शक्तर डोनेस्कबीचको, अजाक्स र लिभरपुलबिचको, म्यानचेस्टर सिटी र पोर्तोबीचको, तथा बायाँन म्युनिक र एटलेटिको म्याड्रिडबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।