
युएईमा जारी इण्डियन प्रिमियर लिग आईपीएलको प्ले अफ खेल्ने ३ टोलीको टुंगो लागेको छ । सोमबार सम्पन्न दिल्ली क्यापिटल्स् र बैंगलोर बिचको खेलपछि थप २ टोलीको टुंगो लागेको हो ।
सोमबारको खेलमा जित निकाल्दै दिल्लीले अंक तालिकामा दोस्रो हुदै प्ले अफमा स्थान सुरक्षित गरेको छ । खेलमा पराजित भए पनि बैंगलोरले पनि प्ले अफमा स्थान सुरक्षित गरेको छ । मुम्बई यस अघि नै पहिलो हुदै प्ले अफमा प्रवेश गरिसकेको छ ।
आज मंगलबार लिग चरणको अन्तिम खेल हुदै छ । आज मुम्बई र हैदरावाद भिड्ने भएका हुन् । यदि आजको खेलमा मुम्बईले जिते हैदरावाद बाहिरिने छ भने केकेआर प्ले अफमा पुग्ने छ । यदि आजको खेल हैदरावादले जिते हैदरावाद प्ले अफमा पुग्ने छ भने केकेआर बाहिरिने भएको छ ।
आजको खेल पछि फाइनल प्रवेशको लागि दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा हुने छ । यो खेलको बिजेता सिधै फाइनल पुग्ने छ भने यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशको लागि अर्को एक अवसर पाउने छ । यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशको लागि एलिमिनेटर खेलको बिजेतासँग खेल्ने छ । एलिमिनेटर खेल बैंगलोर र हैदरावाद वा केकेआर मध्ये एक टोलीसँग हुने छ । केकेआर प्ले अफ पुगेको खण्डमा एलिमिनेटर खेल केकेआरसँग हुने छ भने हैदरावाद प्ले अफमा पुगे एलिमिनेटर खेल हैदरावादसँग हुने छ।
यस्तो छ हालसम्मको अंक तालिका :