नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने, यी हुन् सहभागी टिम र कप्तान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 05:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग (एनएसएल)’ विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले शनिबारबाट सुरु हुने प्रतियोगीताबारे जानकारी गराउँदै पुरस्कार राशी घोषणा गरेको हो । प्रतियोगीताको उपविजेताले नगद १५ लाख रुपैयाँ पाउने छ ।

उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले १/१ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले जानकारी दिए । उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीलाई दिईने पुरस्कारको रकम भने खुलाइएको छैन ।

हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार र हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ पाउने छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

एनएसएस खेल्ने टिम कप्तान र प्रशिक्षक

विराटनगर सिटी एफसी

कप्तानः रन्जित धिमाल

प्रशिक्षकः यान ल

काठमाडौं रेजर्स

कप्तानः विकेश कुथु

प्रशिक्षकः बालगोपाल महर्जन

ललितपुर सिटी एफसी

कप्तानः अन्जन विष्ट

प्रशिक्षकः प्रदिप हुमागाई

एफसी चितवन

कप्तानः भरत खवास

प्रशिक्षकः मेघराज केसी

पोखरा थण्डर्स

कप्तानः अनिल गुरुङ

प्रशिक्षकः नवीन न्यौपाने

बुटवल लुम्बिनी एफसी

कप्तानः विशाल श्रेष्ठ

प्रशिक्षकः सनोज श्रेष्ठ

धनगढी एफसी

कप्तानः किरण चेम्जोङ

प्रशिक्षकः युगल किशोर राई

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved