टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले बनायो हाल सम्मकै सर्वाधिक रन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2021 | 03:12:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक स्कोर बनाएको छ । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय क्रिकेटको फाइनलमा नेपालले किर्तीमानी २३८ रन बनाउँदै नेदरल्याण्डसलाई २३९ रनको विशाल लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रनको विशाल योगफल खडा गरेको हो । यो नेपालले बनाएको हालसम्मकै उच्च रन हो ।

यसअघि भुटानविरुद्ध काठमाडौंमा भएको साग गेममा नेपालले २३६ रन बनाएको थियो । उक्त उच्च स्कोरलाई आज नेदरल्याण्डस् विरुद्दको खेलमा नेपालले तोडेको हो । 

आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन बनाए । उनको नेपालका लागि चौथो अर्धशतक हो । उनी नेपालका लागि एकै सरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने । 

यस्तै कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै २४ बलमा २ चौका र ५ छक्कासहित नटआउट ५० रन जोडे । 

अन्तिममा आक्रमक ब्याटिङ गरेका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ४८ रन जोडे । जम्मा १८ बल मात्रै खेलेका उनले ५ चौका र ३ छक्का हिर्काए । 

यसअघि कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३३ रन र ओपनर आशिफ शेख ८ बलमा १ चौका र २ छक्काको मद्दतमा १६ रन बनाएर आउट भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved