नेपाल टि-२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुको नम्बर एक, एकदिवसीयमा पनि उपलब्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 10:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ। अन्तर्राष्टिय क्रिकेट परिषद् ९आईसीसी० ले आज प्रकाशित गरेको वरियतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औं स्थानमा आएको छ।

नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरीयता १५ बाट १३ औं स्थानमा आएको हो । प्रतियोगितामा नेपालले ५ मध्येको ४ खेल जितेको थियो । नेदरल्यान्ड्स १७ औं स्थानमा यथावत छ ।

नेपालले स्कटल्यान्डलाई उछिन्दै एक स्थान माथि उक्लिएको हो। उक्त वरियतामा १२ औं स्थानसम्म अटाएकाहरु टेष्ट खेल्ने राष्ट्र हुन्।  तर नेपालको यो उपलब्धि अहिलेसम्मकै उत्कृष्ट भने होइन। यसअगाडी नेपाल ११ औं स्थानसम्म पुगेको थियो । 

टेष्ट खेल्ने १२ राष्ट्रहरु मध्ये इंग्ल्यान्ड वरियतामा पहिलो स्थानमा छ भने त्यसपछि क्रमश भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड रहेका छन्।  वरियताको १३ औं स्थानमा रहेको नेपालपछि क्रमश स्कटल्यान्ड, युएई र पपुवा न्यु गिनी ्१४औं, १५ औं र १६ औं स्थानमा छन् ।

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा  समेत नेपाल एक स्थानमाथि उक्लदै १६ औं स्थानमा उक्लिएको छ। नेपालभन्दा माथि एसोसिएट राष्ट्रहरुमा नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डमात्र रहेका छन्। नेपाल २०२० को फेब्रुअरी यता कोभिड १९ का कारण कुनै एकदिवसीय अन्तर्राष्ट्रिय नखेलेपनि एक स्थान माथि उक्लिन सफल भएको हो। न्युजिल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रियमा नयाँ नम्बर एक टोली बनेको छ। भने वरीयतामा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved