आईपीएल अनिश्चितकालको लागि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 01:57:41 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग आईपीएल अनिश्चित समयको लागि स्थगित भएको छ । प्रतियोगिता आयोजना गरिरहेको भारतीय क्रिकेट बोर्ड बिसीसीआईले बढ्दो कोरोना संक्रमणको कारण देखाउदै प्रतियोगिता स्थगित गरेको हो । 

केकेआरका २ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि हिजो हुनु पर्ने केकेआरको खेल स्थगित भएको थियो । तर आज बिहानसम्ममा ४ वटा टिमको कम्तिमा १ सदस्यलाई कोरोना पुष्टि भएपछि प्रतियोगिता स्थगित भएको हो । 

कोरोना संक्रमणबाट बच्न सबै टिम बायो बबलमा छन् । तर बायो बबल भित्र नै संक्रमण फैलिएपछि हालको लागि प्रतियोगिता स्थगित भएको हो । बायो बबल भनेको भित्र भएका कोहि पनि बाहिर जान नपाउने र बाहिर भएका कोहि पनि भित्र जान नपाउने वातावरण हो 

प्रतियोगिताको २९ खेल सकिएका थिए । बिसीसीआईले प्रतियोगिताको अर्को मिति तोकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved