पाकिस्तानका बाबरले जिते ‘प्लेयर अफ दि मन्थ’ अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 02:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका कप्तान बाबर आजमले आईसीसी ‘प्लेयर अफ दि मन्थ’ को अवार्ड जितेका छन् । नेपाली राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलसहित मनोनयनमा परेका बाबरले भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेअर अफ दि मन्थ अवार्ड जितेका हुन् । 

आईसीसीले १२ टेष्ट राष्ट्रका दुई/दुई जना गरी २४ र अन्य दुई गरी कूल २६ जनाको आईसीसी भोटिङ एकेडेमी र खेलाडीका फ्यानहरुले गरेको भोटका आधारमा विजेता छनोट गरिएको हो । आईसीसी भोटिङ एकेडेमीको ९० प्रतिशत र वेबसाइटमार्फत फ्यानहरुले गरेको भोटलाई १० प्रतिशत मान दिईएको थियो । 

आईसीसीको ओडीआईमा एक नम्बर वरीयतामा रहेका बाबरले ओडीआईमा २२८ र टी २० आईमा ३०५ रन बनाएका थिए । भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै उनी ओडीआईमा नम्बर वान ब्याट्सम्या बनेका थिए ।

नेपालका कुशल भुर्तेल यो अवार्डका लागि मनोनयनमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले त्रिकोणात्मक सिरिजमार्फत टी २० मा डेब्यु गर्दै ५ खेलमा ४ अर्धशतक प्रहार गरेका थिए । उनी टी २० आईमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । सिरिजमा सर्वाधिक २७८ रन बनाएका कुशल टी २० वरीयतामा हाल ६१औं स्थानमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved