कोरोना भाइरसका कारण ए डिभिजन फुटसल लिग स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 02:47:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरसका कारण ए डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार आगामी जेठ १ गतेदेखि हुने भनिएको लिग अर्को सूचना प्रकासन नभएसम्मका लागि स्थगित गरिएको हो ।

लिग कास्कीको पोखरामा हुने तय थियो । एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहने बताइएको थियो । 

बागमती प्रदेशबाट चार, प्रदेश नं १ र गण्डकी प्रदेशबाट दुई–दुई, प्रदेश नं २ र लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

लिगको विजेताले रु १० लाख, उपविजेताले रु ५० हजार तथा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्ने एन्फाको भनाइ थियो । साथै एन्फाले सहभागी प्रत्येक टोलीलाई रु एक लाख उपलब्ध गराउने बताएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved