काठमाडौंं रेजर्स खुकरी नेपाल सुपर लिगको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 07:48:09 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंं रेजर्सले खुकरी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीमाथि ३–० को जित निकाल्दै काठमाडौंं रेजर्स फाइनलमा प्रवेश गरेको हो ।

अब काठमाडौँले उपाधिका लागि शनिबार धनगढी एफसीसँग भिड्ने छ । अन्तिम अंक तालिकामा काठमाडौं पहिलो र धनगढी दोस्रो स्थानमा छ । 

आजको खेलमा काठमाडौंका लागि क्यामरुन खेलाडी मेसुके ओलेमोउले २ गोल गरे । १५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । कमल श्रेष्ठले मेसुकेलाई नै पेनाल्टी एरियामा लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पाएको थियो । मेसुकेले नै २२ औं मिनेटमा बायाँ खुट्टाले प्रहार गरेको बल गा्लमा परिणत भयो । 

क्यामरुन खेलाडी नै स्टेफन बिनोङले ५९ औं मिनेटमा गोल गरे । त्यसपछि थप गोल हुन नसक्दा काठमाडौँ ३–० ले विजयी भयो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved