मेस्सीले बार्सिलोना छोडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2021 | 07:54:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोना छोडेका छन् । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले मेस्सीलाई सिजनको अन्तिम खेल अघि नै छुट्टीको अनुमति दिएका हुन् । योसँगै अब शनिबार हुने ला लिगाको अन्तिम खेलमा मेस्सी देखिने छैनन् ।

उपाधि होडबाट बाहिरिसकेको बार्साले सिजनको अन्तिम खेल शनिबार खेल्दैछ । 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले मेसीलाई प्रस्ताव गरिसकेको छ । तर मेस्सीले कुनै उत्तर दिएका छैनन् । म्यानचेष्टर सिटी पनि मेस्सी लैजाने दाउमा छ । 

यसपाली अर्जेन्टिनामै आयोजना हुने कोपा अमेरिका फुटबलको लागि पनि मेस्सी तयारी अवस्थामा छन् । सन् १९९३ यता कोपा अमेरिका जित्न नसकेको अर्जेन्टिनाका लागि यसपटक घरेलु मैदानमा ट्रफी जित्ने अवसर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved