२० वर्षपछि इराकसँग फुटबल खेल्दै नेपाली राष्ट्रिय टोली, कहाँ हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2021 | 07:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय फुटबल टोलीले शनिवार इराकसंग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले शनिवार नेपाली समय अनुसार राति १०:१५ बजे इराकको अलफाया रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लाग्गेको हो । 

नेपाली केहि समय अघि मात्र कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरालाई राष्ट्रिय टोलीको जिम्मा दिएको थियो। उनको नेतृत्वमा  नेपालले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेको हो ।  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीमा ब्यापक फेबदल गरेका छन् । उनले यस अघि राष्ट्रिय टिममा रहेका अधिकांश खेलाडीलाई हटाएर युवा खेलाडीहरुलाई स्थान दिएका छन् 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यो खेल नतिजा भन्दा पनि प्रदर्शनको रुपमा हेरिने बताएका छन् । उनले आजको खेल सिक्ने अवसर रहेको र भविष्यको लागि सुधार गर्ने मौकाको रुपमा रहने बताएका हुन्  ।  

इराक बरियताको आधारमा नेपाल भन्दा धेरै बलियो टोली हो । नेपालको फिफा बरियता १७१ रहेको छ भने इराकको बरियता ६८ रहेको छ ।  नेपालले यस अघि इराकसंग ३ पटक खेलेको छ भने सबैमा हार बेहोरेको छ । नेपालले यस अघि विश्वकप छनौटमा सन् २००१ को अप्रिलमा खेलेको थियो । त्यससमय नेपाली टोली ४-२ गोल अन्तरले पराजित भएको थियो । तसर्थ नेपालले २० वर्षपछि इराकसंग खेल्न लागेको हो 

यो मैत्रीपूर्ण खेलपछि नेपालले विश्वकप छनौट चरणका ३ खेल खेल्ने छ । यी सबै खेलहरु कुवेतमा हुने छन् । नेपाली टोली इराकबाट सिधै कुवेत प्रस्थान गर्ने छ । नेपालले जुन ३ मा चाईनीज तापेई, जुन ७ मा जोर्डनसंग , र जुन ११ मा अष्ट्रेलियासंग खेल्ने छ । विश्वकप छनौटमा नेपाल रहेको समुहमा  नेपालसंगै अष्ट्रेलिया, कुवेत, जोर्डन, र चाईनिज तापेई छन् । ५ खेल खेलेको नेपाल ३ अंक सहित चौथो स्थानमा छ ।सबै खेल हारेको चाइनिज तापेई मात्र नेपाल भन्दा तल छ 

यस्तो छ नेपाली टोली 

गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

मिडफिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

स्ट्राइकर: अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा


कसरी हेर्ने लाइभ ?

आजको मैत्रीपूर्ण खेलको लाइभमा युट्युबमा हेर्न सकिने छ । कतारी स्पोर्ट्सको यो च्यानलमा गएर आजको खेल लाइभ हेर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved