'डिफेन्डीङ इरर' बन्यो इराकसँगको हारको कारण, डेब्यु खेलाडी डाँगीद्वारा शानदार गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 12:55:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय फुटबल टोली इराकसंगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। इराकको अलफाया रंगशालामा शनिवार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६ बिरुद्द २ गोलले पराजित भएको हो।

मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदशन गरेपनि नेपाली टोलिको डिफेन्डीङ इरर का कारण इराकले नेपाली टोलिलाई ६ का बिरुद्द २ गोलले पराजित गर्न सफल भएको हो। 

खेल सुरु भएको करिब सातौ मिनेटमा १ गोल खाएको नेपालले आठौँ मिनेटमा १ गोल फर्काउन सफल भएको थियो। अन्जन बिष्टले नेपालको तर्फबाट पहिलो गोल गरेका थिए। 

त्यस्तै इराक बिरुद्दको खेलमा नेपाली टोलिबाट डेब्यु गरेका मनिष डाँगीले पहिलो हाफको २९ औं मिनेटमा नेपालको तर्फ बाट दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर नेपालको अग्रता पहिलो हाफको ३८ औं मिनेटसम्म मात्र कायम रह्यो। 

नेपालको डिफेन्डीङ इरर को फाइदा उठाउदै इराकी टोलिले पहिलो हाफमा ३ का बिरुद्द २ गोलले अग्रता लियो। त्यस पश्चात दोस्रो हाफमा इराकले थप ३ गोल गर्दै नेपाललाई ६ का बिरुद्द २ ले पराजित गर्यो। 

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसराले एशियन च्यामिपियन समेत बनेको इराक बिरुद्दको खेलमा नतिजा भन्दा पनि प्रदशन महत्त्वपूर्ण हुने बताउदै आएका थिए। 

नेपालको अग्रपंक्तिमामा रहेका खेलाडीले एक पछि अर्को गोलको मौका सृजना गर्दै राम्रो खेल्ने प्रयास गरेपनि नेपालको डिफेन्स बीच तालमेल नमिल्दा फराकिलो गोल अन्तरले नेपाली टोलि पराजित भयो। इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले आगामी दिनमा जोर्डन, अष्ट्रेलिया, र इरानसँग समेत खेल्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved