२१ वर्षपछि बार्साबाट बाहिरिए मेस्सी, नयाँ सम्झौता नहुनुको कारण के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 08:55:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छोडेका छन् । बार्साले आधिकारिक वक्तव्य जारी गरी अब मेस्सी क्लबमा नरहेको पक्का भएको जनाएको हो ।

बार्सिलोनासँग जुलाई १ मै सम्झौता सकिएपनि मेस्सी कोपा अमेरिका फुटबलमा व्यस्त भए । त्यसपछि परिवारलाई समय दिएर बिदा मनाउन निस्किए । कोपा अमेरिका फुटकल प्रतियोगीता जारी रहँदा आफूले पाउँदै आएको तलबमा आधा घटाएरै भएपनि मेस्सी बार्सिलोनामै रहन सहमत भएको खबर आएका थिए । तर, ला लिगाको नियम उल्लंघन हुनसक्ने भन्दै क्लब र मेस्सी दुवै पक्षले चाहे पनि सम्झौता हुन नसकेको बार्सिलोनाको वक्तव्यमा जनाईएको छ । 

‘मेस्सी अब फुटबल क्लव बार्सिलोनामा रहने छैनन्,’ बार्सिलोनाको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा बार्सिलोनाले मेस्सीलाई अहिलेसम्म क्लबका लागि गरेको योगदानका लागि आभार तथा धन्यवाद दिँदै भविष्यमा उनको व्यक्तिगत र व्यवसायिक खेल जीवनका लाग शुभकामना दिएको छ ।

अगष्ट २१ मा मेस्सी बार्सिलोनामा आवद्ध भएको २१ औँ वर्षगाँठको अवसरमा नयाँ सम्झौताको तयारी भएपनि अन्तिममा सम्झौता हुन नसकेको हो । 

मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहन सहमत भएपनि ला लिगाले नयाँ खेलाडीसँग सम्झौता गर्नुअघि पारिश्रमिक घटाउनुपर्ने अडान राखेपछि नयाँ सम्झौता हुन नसकेको बार्सिलोनाले जनाएको छ । 

२१ वर्ष बार्सामा रहँदा मेस्सीले क्लवका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । बार्सिलोनालाई १० पटक ला लिगा च्याम्पियन बनाएका मेस्सीले ४ पटक च्याम्पियन्स लिगा र ७ पटक कोपा डेल रेको उपाधि दिलाएका छन् । यही अवधिमा मेस्सीले प्रतिष्ठित बेलोन डी’ओर अवार्ड ६ पटक जितेका छन् । 

सन् २००० देखि बार्सिलोनाको युवा एकेडेमी ला मासियामा आवद्ध भएका मेस्सी २१ वर्षपछि बाहिरिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved