पारस खड्काको सम्मानमा अब उनको जर्सी नम्बर ७७ प्रयोग नगरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 02:56:00 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेट एसोसिएसन अफ क्यानले पूर्व कप्तान पारस खड्काको सम्मानमा उनले लगाउने गरेको जर्सी नम्बर अब अरु कसैलाई पनि नदिने निर्णय गरेको छ । खड्काले नेपाली क्रिकेटलाई पुर्याएको योगदानको कदर स्वरुप उनले लगाउने गरेको जर्सी नम्बर ७७ अब प्रयोग नगर्ने निर्णय गरेको हो ।

कुनै खेलाडीले प्रयोग गर्ने गरेको जर्सी नम्बर उसले खेल्न छोडेपछि प्रयोगमा नल्याउने अन्तराष्ट्रिय अभ्यास हो । यसलाई खेलाडी प्रतिको सम्मानको रुपमा लिईन्छ ।

पारसले गत मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।  मंगलबार बिहान एक वक्तव्य सार्वजनिक गर्दै उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

देशका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको र आफ्नो क्रिकेट यात्रामा साथ, समर्थन र हौसला प्रदान गर्ने सबैप्रति ऋणी रहने पारसले उल्लेख गरेका थिए ।

राष्ट्रिय टिमका अल राउण्डर पूर्व कप्तान खड्काले मैदान भित्र आफूले बिताएकोदुई दशक मिठो यादका रुपमा रहने उल्लेख गरेका छन् । उनले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सबैले भूमीका खेल्ने विश्वास पनि व्यक्त गरेका छन् । खड्काले अब आफुले क्रिकेट एकेडेमी खोल्ने तथा क्यानको ब्यबस्थापनमा गएर नेपाली क्रिकेटलाई योगदान गर्ने बताएका छन् । 

खड्काको कप्तानीमा नेपाली एक दिवसीय किक्र्टको मान्यता पाएको थियो भने टि २० विश्वकप समेत खेलेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved