भक्कानिए मेस्सी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 04:22:21 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब बार्सिलानोबाट बिदा हुँदा लियोनेल मेस्सी भक्कानिएका छन् । आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा मेस्सीले आफू बार्सिलोना छोड्न तयार नहुँदा नहुँदै पनि बिदाई हुनु परेको बताएका हुन् ।

बार्साका पूर्वकप्तान मेस्सीले भावुक हुँदै यो एकदमै कठिन क्षण भएको बताए ।

‘यो एकदमै कठिन छ, म यसका लागि अहिले तयार थिइँन’ मेस्सीले भने, ‘लास्टर इयर म क्लब छोड्न तयार नै थिएँ, तर अहिले म र मेरो परिवार बार्सिलोनामै बसाइ लम्ब्याउने योजनामा थियौं ।’

‘म यहाँ आउँदा १३ वर्षको थिएँ, २१ वर्षपछि आज श्रीमती र छोरा छोरीसँग बिदा हुँदैछु’ मेस्सीले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved