मेस्सीलाई रामोसको प्रश्न, ‘यो कसैले सोचेको थियो र ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 12:25:55 PM मा प्रकाशित

laxmi  sunrise bank

करिब डेढ दशक एक अर्काका विरुद्द खेलेका लियोनल मेस्सी र सर्जियो रामोस अहिले एकै क्लबमा छन् । स्पेनमा हुँदा बार्सिलोना र रियल मड्रिड सधैँ एक अर्काका प्रतिद्वन्दी थिए । त्यसैबेला मेस्सी र रामोस कयौँ पटक आमनेसामने भएका थिए ।

अघिल्लो वर्ष एल क्लासिको हुँदा बार्साको कप्तान मेस्सी र रियल मड्रिडको कप्तान रामोस थिए । कयौँ पटक एक अर्काको सामाना गरेका यी दुईको अवस्था अहिले फरक छ । किनकी, अहिले यी दुबै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छन् ।

लामो समय एकअर्काका प्रतिद्वन्दी बनेर खेलेका यी दुई खेलाडी अब सँगै खेल्नेछन् । रामोस पनि फ्रिा एजेन्ट हुँदै यसै सिजन पीएसजी पुगेका हुन् । मेस्सीभन्दा केही समय अघि पीएसजी पुगेको नाताले रामोसले मेस्सीलाई स्वागत गरेका छन् । बुधबार मेस्सी पीएसजीमा आधिकारिक रुपमा अनुबन्धन भएपछि रामोसले ट्वीटमार्फत स्वागत गरेका हुन् ।

‘यो कसले सोचेको थियो होला र ? कि कसो लियो ? स्वागत छ’ रामोसले ट्वीटरमा लेखेका छन् । 

उनले सेतो रंगमा आफ्नो जर्सी र निलो रंगमा मेस्सीको जर्सीको फोटो पनि राखेका छन् ।

अब मेस्सी र रामोस सहितको यो टीमले च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यी दुईलाई नेयमार र केलियन एमबाप्पेको साथ रहनेछ ।

पीएसजीमा विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा लिईएको मेस्सी, एमबाप्पे र नेयमारको अट्याकिङ फ्रन्टलाइनर हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved