मेस्सी र रोनाल्डोलाई एकसाथ उतार्ने प्रयासमा पीएसजी, सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 09:46:27 AM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनाका कप्तान लियानेल मेस्सीलाई भित्र्याएसँगै विश्व फुटबलकै सशक्त टीम भएको क्लबका रुपमा स्थापित भएको छ । ब्राजिलियन नेयमार, रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस र फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड केलियन एम्बाप्पे जस्ता खोलाडी अहिले पीएसजीमा छन् ।

फरवार्ड माउरो इकार्डी र अर्जेन्टिनी विंगर एन्जल डी मारिया, जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लर र स्पेनिस विंगर पाब्लो सराबियाको साथ मेस्सी, नेयमार, रामोस र एम्बाप्पेले पाउने हुँदा यो टीम हाल सम्मकै शक्तिशाली भएकोमा दुईमत छैन ।

तर, फरवार्ड एम्बाप्पे सम्झौताको अन्तिम वर्षमा छन् । पिएसजीमा सम्झौता नविकरण नगर्ने मनसाय बनाएका एम्बाप्पेलाई राख्न पीएसजी हर तरहले लाग्ने नै छ । बरु अर्को सिजन फ्रि एजेन्टकै रुपमा आफूखुशी क्लब छाड्न दिने तर एक सिजन जसरी पनि राख्ने दाउमा पीएसजी छ ।

तर, मेस्सीलाई भित्र्याएसँगै हौसिएको पीएसजीको नजर अब पोर्चुगिस्ट स्टार क्रिस्टियानो रोनाल्डोतर्फ लगाएको छ । आधुनिक फुटबलका दुई सुपरस्टार मेस्सी र रोनाल्डोलाई एकसाथ उतार्ने प्रयासमा पीएसजी छ । 

रोनाल्डोको युभेन्टससँगको सम्झौता अर्को वर्ष सकिँदैछ । त्यसैले पनि पीएसजी अहिलेबाटै रोनाल्डोलाई ल्याउने कसरत गर्न थालिसकेको छ । एम्बाप्पेलाई फ्रि एजेन्टका रुपमा छोडेर उनको स्थानमा रोनाल्डोलाई भित्र्याउने तयारी थालिएको पीएसजीका अध्यक्ष नासेर अल खेलैफिले पनि पुष्टि गरिसकेका छन् । 

रोनाल्डोका एजेन्ट जर्जे मेन्डिसले पनि पीएसजीबाट कुरा आएको र छलफल भईरहेको बताएका छन् । उनले रोनाल्डोले अर्को सिजन पीएसजीबाट खेल्ने सम्भावना रहेको पनि बताएकाले मेस्सी र रोनाल्डोलाई एकसाथ उतार्ने पीएसजीको प्रयास सफल हुने सम्भावना देखिएको छ ।

पीएसजी कतारी धनाढ्यको लगानी रहेको फुटबल क्लब हो । उनले पीएसजीमा नसके कतारकै कुनै क्लबमा पनि रोनाल्डोलाई किर्तीमानी मूल्यमा भित्र्याउने योजना बुनिरहेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved