मेस्सी बिनाको पहिलो खेलमा बार्साको जित, ब्रेथवेट चम्किँदा रियल सोसिडाड स्तब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 08:41:10 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजन २०२१–२२ को पहिलो लिग खेलमा रियल सोसिडाडमाथि सहज जित हात पारेको छ । टिमका पूर्वकप्तान एवम् स्टार खेलाडी लियोनल मेस्सीबिना मेस्सीले १७ वर्षपछि मैदलनन उत्रिएको बार्साले सिजनको पहिलो अफिसियल खेलमा बार्सिलोनाले ला लिगामा रियल सोसिडाडमाथि ४–२ को सहज जित निकालेको हो । 

घरेलु मैदान क्याम्प नोउमा २० हजार दर्शकमाझ भएको ला लिगाको पहिलो खेलमा बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेट नायक बने । उनले २ गोल र एक असिस्ट गरे । डिफेन्डर जेर्राड पिके र सर्जी रोर्वेटोले एक एक गोल गरे । 

३–० को जित नजिक पुगेका बार्सिलोनाले अन्तिम ३ मिनेटमा २ गोल खायो । 

१९ औँ मिनेटमा फ्रि किकबाट आएको बललाई हेडिङमार्फत् जाली चुमाउँदै पिकेले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ब्रेथवेटले पहिलो गोल गरेपछि खेल २–० को अवस्थामा पुग्यो । खेलको ५९औं मिनेटमा ब्रेथवेटले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० को स्थितिमा पुगेको थियो ।

तर, सोसिडाडका लागि ८२औं मिनेटमा जुलेन लोवेटेले पहिलो गोल गरे भने त्यसको ३ मिनेटमै मिकेले ओयारजबालले अर्को गोल गरे । यसपछि खेल ३–२ को अवस्थामा आइपुग्यो । तर, इन्जुरी समयको १ मिनेमा बार्साका लागि सर्जी रोर्वेटोलेले गोल गरेपछि खेल बार्सिलोनाले ४–२ ले जित्यो ।

यो जितपछि बार्सिलोना ३ अंकका साथ दोस्रो स्थानमा छ । समान ३ अंक नै भएको रियल मड्रिड शीर्ष स्थानमा छ । एथ्लेटिको मड्रिड तेस्रो स्थानमा हुँदा भ्यालेन्सिया चौथो स्थानमा छ । यी शीर्ष ४ टिम, जसलाई उपाधि दाबेदार मानिएको छ, यीनिहरु सबैले आफ्नो पहिलो खेल जितेका छन् । तर, गोल अन्तरमा रियल मड्रिड शीर्ष स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved