रोनाल्डोले बनाए विश्व किर्तिमान, तोडे अलि डाईको रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 08:41:59 AM मा प्रकाशित

laxmi  sunrise bank

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्व कीर्तिमानसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । बुधबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह 'ए' को खेलमा रोनाल्डोको कीर्तिमानी दुई गोलसहित पोर्चुगलले आयरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

एक गोलले पछि परेको अवस्थामा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ११० र १११ गोल गरेका हुन् । दुबै हेड गोल गर्नुअघि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । आयरल्याण्डका १९ वर्षीय गोलरक्षक गाभिन बाजुनुले खेलको १५औँ मिनेटमा रोनाल्डोको पेनाल्टी बचाउ गरेका हुन् । 

यसअघि खेलमा आयरल्याण्डले ४५ मिनेटमा अग्रता बनाएको थियो । जोहन एगानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समय सम्हालिन नसक्दा आयरल्याण्ड तीन अंक गुमाउन बाध्य भयो । 

दोस्रो पटक इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडमा अनुबन्धन भएका रोनाल्डोले खेलको ८९औँ मिनेट र थपिएको छैटाैँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंकसहित आफ्नो नाममा कीर्तिमानी लेखाए । 

रोनाल्डोले आफ्नो देशको लागि सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका हुन् । यसअघि अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि डाईले १०९ गोल गर्दै सो कीर्तिमान आफ्नो नाममा राखेका थिए । अलिले सन् १९९३ बाट २००६ सम्म खेल्दा १०९ गोल गरेका थिए । रोनाल्डोको भने १११ गोल भएको छ । 

फिफा विश्वकप छनोटमा पोर्चुगल समूह 'ए' मा छ । उसले चार खेलबाट १० अंक बनाएको छ । साेही समूहमा सर्बिया सात अंकसहित दोस्रो, लक्जमवर्गको ६ अंकसहित तेस्रो स्थानमा रहँदा आयरल्याण्ड र अजरबैजानले अंक तालिकामा खाता खोल्न सकेका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved