नेपाल र भारत बीचको दोस्रो मैत्रीपूर्ण खेल आज, कप्तान किरणको नाममा लेखिँदैछ यस्तो कीर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 08:03:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । विहीबारको पहिलो खेलमा १–१ गोलको बराबरी खेलेका यी देशका राष्ट्रिय टोलीबीचको आजको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

रंगशालामा ५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्नेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले ५ हजार १ सय टिकट बिक्री गर्नेछ । भीआईपी प्यारापिटका लागि २ हजार र साधारण प्यारापिटमा १ हजार टिकट शुःल्क तोकिएको छ ।

बिहिबारको खेलमा ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाली टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमै अनिरुद्र थापाको गोलमार्फत भारतले बराबरी गरेको थियो ।

किरणका लागि ऐतिहासिक

आइतबारको खेल नेपाली टिमका कप्तान किरण चेम्जोङका लागि ऐतिहासिक खेल हुनेछ । आजको खेलमार्फत उनले नेपालका लागि सर्वाधिक अन्तराष्ट्रिय फुटबल खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाउनेछन् । यसअघि यो कीर्तिमान पूर्व कप्तान विराज महर्जनको नाममा थियो ।

विहीबारको खेलमा ७३ औं क्याप जितेर किरणले विराजको कीर्तिमानीसँग बराबर गरेका थिए । किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप अन्तर्गत लाओसविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम कतार जानेछ । कतारमा १५ दिन भन्दा बढी समय बसेर नेपाली टिम उतैबाट साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछ ।

अक्टोबर १ देखि १६ सम्म मालेमा हुने साफ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved