आज राती मेस्सी भर्सेस नेइमार, विश्वकप छनोटमा फुटबलका २ पावर हाउसबीच भिडन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 12:37:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा आज विश्व फुटबलका २ पावर हाउसबीच भिडन्त हुँदैछ । दक्षिण अमेरिकी महादेशीय छनोट खेलमा आज ब्राजिल र अर्जेन्टिनाबीच हेभिवेट भिडन्त हुँदैछ ।

२ महिनाअघि कोपा अमेरिकाको फाइनलमा भिडेका यी दुई टिम आज राती फेरि आमनेसामने हुँदै छन् । कोपामा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदानमा ०–१ ले हराएर २८ वर्ष लामो उपाधि खडेरी तोडेको थियो । गत जुन ११ मा ब्राजिलमा भएको कोपाको अमेरिकाको फानलमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको १ गोलले ब्राजिललाई आफ्नै मैदानमा स्तब्ध बनायो । 

आजको खेलमा विश्व फुटबलका सुपरस्टर अर्जेन्टिनी स्टार लियोनल मेस्सी र ब्राजिलियन स्टार नेइमार एक अर्काका प्रतिद्वन्दीका रुपमा मैदान उत्रदै छन् । फ्रेन्च क्लब पिएसजीका यी दुई सहकर्मीबीच प्रतिस्पर्धा हुनुले पनि खेल रोचक हुनेछ ।

यसअघि उनीहरु सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा पनि सहकर्मी थिए । 

आज राती हुने यी दुई देशबीचको खेल नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । आजको खेलमा ब्राजिल अर्जेन्टिनासँग कोपामा भोगेको हारको बदला लिने दाउमा हुनेछ भने अर्जेन्टिना पनि आफ्नो चिरपरिचित प्रतिद्वन्दीलाई लगातार पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रँदै छ ।

ब्राजिल र अर्जेन्टिनाले हालसम्म कूल ११२ पटक खेलेका छन् । जसमा ब्राजिलले ४६ खेल जितेको छ भने अर्जेन्टिनाले ४१ खेल जितेको छ । बाँकी २५ खेल भने बराबरीमा सकिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved