साफमा आज नेपाल र श्रीलंका भिड्दै, यसरी हेर्नुस् लाइभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 09:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार सोमबार बेलुका ९:४५ मा खेल सुरु हुने छ । 

नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै  बिजयी सुरुवात गरिसकेको छ  । मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका थिए।

आजको खेल भने नेपालमा पनि लाइभ हुने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङका अनुसार खेल एक्सन स्पोर्ट्समा लाइभ हुने छ । यस अघिको खेल लिभ भएको थिएन ।

साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved