अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2021 | 09:18:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलिया आइसीसी टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको अन्तिम खेलको नतिजा आफू अनुकुल आएपछि अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो । 

अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको हो ।

दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ११ रनले पराजित गरेपछि यसको फाइदा अष्ट्रेलियलाई भएको हो । इंग्ल्यान्डलाई हराएपनि दक्षिण अफ्रिका भने बाहिरिएको छ ।

शनिबारै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । 

अष्ट्रेलिया चौथो पटक सेमिफाइनलम पुगेको हो । समूह १ को विजेता बन्दै इंग्ल्यान्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा समूह २ को विजेतासँग खेल्नेछ । समूह २ को विजेता पाकिस्तान बन्ने निश्चित जस्तै छ ।

अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशलाई ८ विकेटले हराएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved