३–० अग्रता जोगाउन नसक्दा बार्सिलोनाको निराशाजनक बराबरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2021 | 09:26:49 AM मा प्रकाशित

laxmi  sunrise bank

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगमा शनिबार निराशाजनक बराबरीमा रोकिएको छ । सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३–० को अग्रता बनाएको बार्सिलोना खेल सकिँदासम्म ३–३ को बराबरीमा रोकिएको हो । 

बार्साले खेलको ५ मिनेटमै अग्रता लिएको थियो । युवा फरवार्ड अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गर्दै सुरुवातमै सेल्टा भिगोलाई दबाब दिएका थिए । १८ औं मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोना ३–० ले अघि रह्यो । 

चोटका कारण बार्साका फाती दोस्रो हाफमा मैदान उत्रेनन् । तर, सेल्टा भिगोले धमाधम गोल ठोक्यो । ५२ औं मिनेटमा इयागो आसपासाले पहिलो गोल गर्दै खेलमा फर्कने संकेत गरे । ७४ औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडर गोल गर्दै खेललाई ३–२ को अवस्थामा फर्काए । 

इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासाले गोल गर्दै खेल बराबरी गरे ।

पहिलो हाफमै ३–० अग्रता बनाएर पनि बचाउन नसक्दा बार्सिलोना निराशाजनक बराबरीमा रोकिन बाध्य भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved