न्युजिल्यान्डलाई अफगानस्तानको सामान्य लक्ष्य, भारत घर फर्किने सम्भावना उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2021 | 06:02:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी टि–२० विश्वकप २०२१ को सेमिफाइनल पुग्न अफगानिस्तानले न्युजिल्यान्डलाई १२५ रनको सामान्य विजयी लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन बनाएको छ ।

अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिब उल्लाह जद्रानले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७३ रनको इनिङ खेले । उनी अफगानिस्तानबाट टि–२० विश्वकपमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । यसअघि २०१४ मा हङकङविरुद्ध मोहम्मद शाहजादले ६८ रन बनाएका थिए ।

फास्ट बलर एडम मिल्नेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद शाहजादलाई ४ रनमा क्याच आउट गराउँदै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । मिल्नेको सट बलमा एज लागेपछि विकेटकिपर डेभन कन्वेले एक हातले क्याच लिँदै शाहजादलाई पेभेलिएन फर्काएका थिए ।

चौथो ओभरको पहिलो बलमा ट्रेन्ट बोल्टले हज्रातुल्लाह जजाईलाई २ रनमा क्याच गराएपछि अफगानिस्तानको सुरुवात खराब बन्यो । टिम साउथीले छैटौं ओभरको पहिलो बलमा रहमानउल्लाह गुर्बाजलाई ६ रनमा एलबीडब्लू आउट गरेपछि अफगानस्तान १९ रनमा ३ विकेट गुमाउँदै कमजोर अवस्थामा पुग्यो ।

न्युजिल्याण्डका स्पिनर ईश सोधीले दशौं ओभरको अन्तिम बलमा गुलबदीन नइबलाई १५ रनमा बोल्ड आउट गर्दै चौथो सफलता दिलाए । चौथो विकेटका लागि जद्रान र मोहम्मद नाबीले ५९ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । नाबी २० बलमा टिम साउथीको बलमा १४ रनमा कट एण्ड बोल्ड आउट भए ।

न्युजिल्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन दिँदै सर्वाधिक ३ विकेट लिए । एडम मिल्नेले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । ईश सोधी र जेम्स निशमले समान १–१ विकेट लिए ।

आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । अर्कोतर्फ भारतको सेमिफाइनल पुग्ने झिनो आशा निराशामा परिणत हुँदै समूह चरणबाटै घर फर्किनेछ ।

अब न्युजिल्याण्ड जवाफी ब्याटिङमा उत्रदछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved