भारत एक खेल पहिल्यै टि–२० विश्वकपको समूह चरणबाटै बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 08:06:27 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व क्रिकेटको पावर हाउस मानिने भारत आइसिसी टि–२० विश्वकपको १ खेल अगाडी नै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना पनि सकिएको हो ।

भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने थियो । तर, न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै सानदार जित निकालेपछि भारतको अघिल्लो चरणको अंक गणीतिय सम्भावना टरेको हो । अफगानिस्तानले प्रस्तुत गरेको १२५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । 

भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघि नै ४ खेलमा ४ मा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।

टि–२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघि नै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । 

भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक मात्रै हुने भएकाले समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने करिब करिब निश्चित नै थियो ।

टि–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved