फिफा वरियतामा नेपालको २ स्थान सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 05:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको वरियतामा सुधार आएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको फेब्रुअरी महिनाको वरियतामा नेपालको २ स्थान सुधार भएको हो । 

अघिल्लो महिना १६९ औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १६७ औं स्थानमा छ ।

यसै महिना मौरिससविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा भएको २ अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल नेपालले जितेको थियो । माघ १५ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा विमल घर्ती मगरको गोलमा जित निकालेको नेपालले माघ १८ गते भएको दोस्रो खेलमा सुजल श्रेष्ठको गोलमा जित निकालेको थियो ।

दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारत फिफा वरियतामा १०४औँ स्थानमा छ । त्यस्तै माल्दिभ्स १५७ औं, भुटान १८५ औं, बंगलादेश १८६ औं, पाकिस्तान १९७ औं र श्रीलंका २०४औँ स्थानमा छ ।

फिफा वरियताको शीर्ष ३ मा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ । अर्जेन्टिना चौथो, इग्ल्यान्ड पाँचौं, इटाली छैठौँ, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौँ स्थानमा छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved