स्पेनिस ला लिगा : बिल्बाओलाई मालोर्काको झट्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 08:22:50 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा सेभिया र एन्जलले गोल गरे । मालोर्काले अर्को गोल बिल्बाओबाट आत्मघाती उपहार पाएको थियो । बिल्बाओका राउल गार्सिया र एलेक्स बेरेङगरले गोल गरेका थिए ।

साल्भाले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मालोर्कालाई सुरुवाती अग्रता दिलाए । ३०औं मिनेटमा एन्जलले भेदात मुरीक्वीको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ५९औं मिनेटमा गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गरे ।

६१औं मिनेटमा एलेक्स बेरेङगरले इकर मुनियनको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर ८८औं मिनेटमा बिल्बाओका उनइ सिमोनले आत्मघाती गोल गरेपछि मालोर्काको भाग्य खुलेको थियो । ५५ प्रतिशत बल पोसेसन राखेपनि पहिलो हाफमा गोल गर्न नसक्दा बिल्बाओ हार खेप्न बाध्य भयो । मालोर्काका टेकफुसा कुबो ‘म्यान अफ दि म्याच’ भए ।

हारसँगै आठौं स्थानमा यथावत रहेको बिल्बाओको २४ खेलबाट ३४ अंक छ । विजेता मालोर्का २६ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । तालिकाको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको ५४ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ५०, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४३ र चौथो स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ । समान ३९ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved